Trending :
 

ईन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौं १२, २०८० काठमाडौं ।
जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले ईन्जीनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् । 
 
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका भन्दै शुल्क फिर्ता गर्न माग गरेका हुन् । 
 
उनले भने, ‘देशमा ईन्जिनियर विद्यार्थीहरुको शुल्क तिरिरहेको भन्दा तीन गुनाबढी गरिएको हुनाले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो अवस्थामा देशको भबिश्य के हुन्छ ? पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो बेला देशको नेताहरुले भविश्यको योजना कसरी बनाउँनु हुन्छ त्यसैले चाँडो यस्को समाधान गर्न माग गर्दछु । ’
 
उनले कम्यूटर शिक्षाको लागि करारमा मात्र राख्ने गरेको भन्दै दरबन्दीमा राख्न समेत माग गरे ।