Trending :
 

अमेरिकी डलरको बिक्री दर १३२ रुपैयाँ ६४ पैसा

भाद्र १३,२०८०

-आस्था न्यूज

भदौ १३, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा पुगेको छ ।
 
युरोको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । 
 
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३१ पैसा र बिक्री दर १६७ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।