Trending :
 

एमाले सचिवालय बैठक सिराहामा बस्दै

भाद्र १३,२०८०

-आस्था न्यूज

भदौ १३, २०८० काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका-४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने भएको हो । 
 
भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको थियो । मधेससँगको सम्बनधन चिसिएको बुझाइमा रहेको एमालेले त्यहाँ बैठक गरेर मधेस प्रदेशमा संगठन सुधारको रणनीति अख्तियार गर्न लागेको छ । 
 
बैठकका लागि कतिपय नेताहरू तइहाँ पुगिसकेका छन् भने केही पुग्नेक्रममा रहेको एमालेले जनाएको छ । जहाँ तत्कालीन मालेले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।