Trending :
 

छैठौं बेहत मौलिक तीज गीत प्रतियोगिता हुँदै

भाद्र १३,२०८०

-आस्था न्यूज

भदौ १३, २०८० काठमाडौं ।
“अग्रज कलाकारलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने् मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बेहत मौलिक तीज गीत प्रतियोगिता -२०८०” हुने भएको छ । 
 
यस प्रतियोगिता यही भाद्र २३ गते शनिबार साँस्कृतिक संस्थान, राष्ट्रिय नाच घर जमल काठमाडौंमा हुने भएको हो । प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुती रहनुका साथै दर खुवाउने कार्यक्रम पनि रहने छ । 
 
“छैठौं बेहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार रु ३५ हजार १५१, द्धितिय पुरस्कार रु २४ हजार १५१, तृतिय पुरस्कार १३ हजार १५१ तोकिएको छ ।
 
महिलाहरुको महान पर्व हरितालिका तीजलाई पहिला भन्दा अझै बिशेष तरिकाले मनाउने भएको हुँदा आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरी कार्यक्रमलाई सफल बनाईदिन अध्यक्ष सुवास अश्लामी मगरले अनुरोध गरेका छन् ।