Trending :
 

झुट बोल्ने र बेइमानी गर्ने कामजति माओवादीले नै गरेको ओलीको आरोप

भाद्र १३,२०८०

-आस्था न्यूज

भदौं १३, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने कुरा नेकपा माओवादीले नै झुट बोलेर भ्रम फैल्याएको आरोप लगाएका छन् । 
 
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको भए राप्रपाले सार्वजनिक रुपमा भन्नुपर्ने तर्क गरे । उनले सत्ता पक्ष र त्यसमा पनि झुट बोल्ने तथा बेइमानी गर्ने कामजति माओवादीले नै गरेको बताए । 
 
उनले भने,‘सत्ता पक्षले झुट बोलिराखेको छ । राप्रपाले उहाँहरुलाई समर्थन गर्ने भयो भन्ने कुरा हो भने राप्रपाले भन्नुप¥यो नि त उहाँहरुलाई समर्थन गछौं,सम्झौता भएको छ भनेर । यो झुटपनि कति बोल्ने हो?माओवादी भन्ने पार्टी,सबै ठाउँमा झुट बोल्ने र बेइमानी गर्ने कामजति माओवादीले नै गरेको छ ।’