पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट: नेपाललाई चौथो सफलता
-आस्था न्यूज
भदौं १३, २०८० काठमाडौं ।
एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् ।
योसंगै पाकिस्तानले २८ ओभर दूई बलमा चार विकेट गुमाएर १ सय २८ रन जोडेको छ ।
मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।
करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् ।
त्यस्तै अर्को विकेट पनि नेपालले रन आउटमार्फत लिएको हो ।
ताजा अवस्थामा पाकिस्तानले २५ ओभरमा १६ रन बनाएको छ ।