Trending :
 

आजबाट हलमा ‘गणपति’ र ‘ऐंचो पैंचो’

भाद्र १४,२०८०

-आस्था न्यूज

भदौ १४, २०८० काठमाडौं । 
एकै दिन दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट रिलिजमा आएका हुन् । 
 
‘ऐंचो पैंचो’लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । ‘गणपति’ सविन अधिकारीले निर्देशन गरेको सिनेमा हो । 
 
‘गणपति’ निःसन्तान रहँदा दम्पतीले भोग्ने समस्यामा केन्द्रित रहेको चलचित्र हो । भगवान गणेशजस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विभिन्न परिस्थितिलाई सिनेमामा प्रस्तुत गरिएको छ ।
 
सविन अधिकारीको लेखन र निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाललगायत कलाकारको अभिनय छ ।
 
‘ऐंचो पैंचो’ सामाजिक तथा राजनीतिक विषयमा केन्द्रित चलचित्र हो । यसमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, कोसिस क्षेत्रीलगायत कलाकारको मुख्य भूमिका छ ।