Trending :
 

इजरायलमा हुने विश्व जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीको विदाई

भाद्र १५,२०८०

-आस्था न्यूज

भदौं १५, २०८० काठमाडौं ।
इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा नेपाली टोली पनि सहभागी हुने भएको छ । 
 
च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामना सहित बिदाई गरे । 
 
टोलीको बिदाई गर्दै सदस्य सचिव घिसिङ्गले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए । घिसिङ्गले खेलाडीहरुका लागि सहज बातावरण श्रृजना गर्न आफु हर समय लागि परेको बताए ।
 
यहि भदौ १८ देखि २३ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको ब्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् ।
 
यस्तै खेलाडीहरुमा अजलकाजी ताम्राकार (५० मिटर बटरलाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरलाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) रहेका छन् ।
 
विदाई कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।
 
नेपाली टोली भोलि बिहान ७ बजे इजरायल तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।