कवाली शैलीको गीत ’जमाना छ मोबाइलको’ सार्वजनिक (भिडियो)
-आस्था न्यूज
भदौं १५, २०८० काठमाडौं ।
गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ’जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ । प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।
तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो।
भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ। गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन्। पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ’गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।