Trending :
 

प्रविधिको विकासले अवसरसंगै चुनौति थपियो : अर्थमन्त्री महत

भाद्र १६,२०८०

-आस्था न्युज

भदौ १६ ,२०८० काठमाडौँ ।  
अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिको विकाससँगै अवसरमात्रै नभएर चुनौति पनि थपिएको बताएका छन् । 
 
शनिबार आर्थिक पत्रकार समाज सेजन को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले  प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगले चुनौति थपिएको बताए । 
 
उनले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ । टेक्नोलोजीले सहज बनाउँको साथसाथै चुनौती पनि थपिएको छ । नयाँ नयाँ टेक्नोलोजीको सदुपयोग र दुरुपयोग दुबैको चुनौति थपिएको छ । राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौति थपेको छ ।’
 
संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको भन्दै त्यसलाई सबैले स्वीकार गरेको उनको भनाई छ  । अर्थमन्त्रालय र आफ्ना विषयमा कुनै प्रश्न भए प्रत्यक्षरुपमा चासो, चिन्ता र प्रश्नका लागि सधैं खुला रहेको उनको भनाई छ ।