Trending :
 

कांग्रेस सभापति देउवा, रक्षामन्त्री खड्कालाई भेट्न अस्पतालमा

भाद्र १६,२०८०

-आस्था न्युज

भदौ १६ ,२०८० काठमाडौँ ।  
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले, पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 
 
देउवाले आज विरेन्द्र सैनिक अस्पतालमा नै पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 
 
खड्का प्रोस्टेटको शल्यक्रियाका लागि बुधबार नै नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए । 
 
अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले, मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको थियो । 
 
उनको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।