Trending :
 

प्रतिनिधि र राष्ट्रिय सभा अन्र्तगतका तीन समितिको बैठक बस्दै

भाद्र १७,२०८०

-आस्था न्यूज

भदौ १७, २०८० काठमाडौं ।
प्रतिनिधि र राष्ट्रिय सभा अन्र्तगतका तीन समितिको बैठक आज बस्दै छ । 
 
प्रतिनिधिसभा अन्र्तगत कृर्षि सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय सभा अन्र्तगत दियो विकास तथा सुशासन समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।  
 
दिगो विकासको लक्ष्य अन्र्तगत रहेको लैङ्गिक समानता तथा सामाजिक न्यायको सम्बन्धमा भएका प्रगति विवरण बारे छलफलका लागि दिगो विकास तथा सुशासन समितिको बैठक बोलाइएको छ । 
 
यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिबारे छलफल गर्न महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । 
 
साथै, हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको बारेमा छलफल गर्नका लागि कृर्षि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजका लागि डाकिएको छ । 
 
तीनै समिति बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान ११ बजेपछि बोलाइएको हो ।