Trending :
 

स्वास्थ्य मन्त्रीसंग चिनियाँ राजदूत चेन सोङ्गको भेट

भाद्र १७,२०८०

-आस्था न्यूज

भदौ १७, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसंग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले भेट गरेका छन् । 
 
स्वास्थ्य मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र चीनबीचको सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको छ । 
 
भेटमा मन्त्री बस्नेतले चीन सरकारले भरतपुरस्थित वीपि कोईराला क्यान्सर हस्पिटल बनाउँन, सिभिल हस्पिटलको सुधार गर्न र कोभिडको समयमा आवश्यक उपकरणहरु उपलब्ध गराएको भन्दै प्रशंसा गरेका छन् । 
उनले चीन सरकारको यस्तो सहयोगले नेपालमा क्यान्सर जस्तो रोकको उपचारमा मद्दत पुगेको बताए । 
 
भेटमा चिनियाँ राजदुत सोङले, चीन नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि तयार रहेको बताए ।
 
नेपालमा सिभिल अस्पताललगायत अन्य अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा संचालनमा आवश्यक सहयोग गरेको स्मरण गर्दै राजदुत सोङले स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताए । 
 
उनले भने ‘हामी चाहान्छौ कि नेपालमा अस्पतालका लागि आवश्यक भौतिक संरचना निमार्णमा थप सहयोग गर्न सकियोस् । त्यसका लागि चीन सरकार सधै सहकार्यका लागि तयार छ । ’