Trending :
 

नेप्सेमा तिज लाग्यो, अधिकांश परिसुचक राताम्मे

भाद्र १७,२०८०

-आस्था न्यूज

भदौ १७, २०८० काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा झण्डै ३० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिने नेप्से सूचक २९.८१ अंकले घट्दै १९६०.७८ अंकको विन्दुमा ओर्लिएको हो । 
 
सेन्सेटिभ इन्डेक्स समेत आज ५.०९ अंकले घटेर ३७६.६२ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । 
 
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी ३.०३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.०३ प्रतिशतले र जीवन बीमा र नर्जीवन बीमा समूहको उपसूचक समान २÷२ प्रतिशतले घटेका छन् । 
 
समग्रमा २९ अंकले घटेको बजारमा आज कूल १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएको छ । 
 
आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यता लिवर्टी ईनर्जी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेको छ ।