Trending :
 

भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने नै यो पहिलो सरकार होः मन्त्री किराती

भाद्र १७,२०८०

-आस्था न्यूज

भदौ १७, २०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई निरन्तरता दिने, इतिहासमा प्रजातन्त्र कै पहिलो सरकार सरकार भएको जिकिर गरेका छन् । 
 
नेपाल पत्रकार महासंघ मोरङ्द्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले युद्धबाट शान्तिमा आएपनि मन बदल्न नसक्दाँ पार्टी धेरै चिरामा परिणत भएको भन्दै पार्टी जसरी जनता र जरा भनेर फर्किएको छ त्यसले पार्टी रुपान्तरणमा मद्दत पुग्ने बताए । 
 
उनले अपूर्णताबाट मात्रै कुरा उठाउँने र विरोध गरेर मात्रै आफू राम्रो हुन्छ भन्ने कुरा राजनीतिले सिकाएको भन्दै भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आएपनि नछोड्ने प्रतिवद्धता रहेको पनि बताए । 
 
अर्को प्रसंगमा उनले बन्द भएका एयरपोर्ट संचालन गर्न आफूले प्रयास गरिरहेको उनको भनाई छ ।