Trending :
 

वीर अस्पतालमा आइपुग्यो क्यान्सर उपचारका लागि अत्याधुनिक मेसिन

भाद्र १८,२०८०

-आस्था न्यूज

भदौ १८, २०८० काठमाडौं । 
अन्ततः लामो समयपछि वीर अस्पतालमा टोमोथेरापी मेसिन आइपुगेको छ। क्यान्सरको उपचारको लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन हाल वीर अस्पतालमा जडान कार्य भइरहेको छ।
 
केही दिन अघि उक्त टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको थियो। अब एक महिना मेसिन जडानको साथै प्राविधिक काम मिलाउनु समय लाग्ने भएकाले एक महिनाभित्रमा मेसिन सञ्चालनमा आउने छ। वीर अस्पतालमा दैनिक ५० जना जति क्यान्सरका बिरामी आउने र उनीहरुको लागि दिइने उपचार सेवा भनेको रेडियोथेरापी नै हुने र हाल बिरामीलाई सो सेवा रोकिएको भए पनि यो  मेसिन सञ्चालनपछि दुई सिफ्टमा गरी दैनिकी ६०-७० जनासम्मलाई उपचार सेवा दिने लक्ष्य रहेको अस्पतालको भनाइ छ।
 
हाल क्यान्सरका बिरामीले निजी स्वास्थ्य संस्थामा रेडियोथेरापी गर्दा डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले मेसिन आएको एक महिनामा सन्चालन गरेर बिरामीलाई सेवा दिने गरी तयारी थालिएको बताएका छन।