Trending :
 

एमाले लुम्बिनी अधिवेशनमा नेतृत्व चयनका लागि ३ बजेबाट मतदानको तयारी

भाद्र १८,२०८०

-आस्था न्यूज

भदौं १८, २०८० काठमाडौं ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमा चयन गर्ने प्रयास असफल भएको छ । सहमतिको प्रयास असफल भएसँगै निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया थालिसकेको छ । 
 
सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी मनोनयन समय तोकिएकोमा उक्त समय सकिएपछि निर्वाचन कमिटीले उम्मेदवारी दिएकाहरूको नाम सङ्कलन गरिरहेको छ । ३ बजेबाट मतदानको तयारी गरिएको जनाइएको छ ।