Trending :
 

क्रिकेट खेलाडीलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै संसदमा उठ्यो प्रश्न

भाद्र १८,२०८०

-आस्था न्यूज

भदौं १८, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरुलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् । 
 
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद कार्कीले भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढि नपाएको भन्दै खेलाडीहरुलाई दिन भनेको पैसा छिटोभन्दा छिटो वितरण गर्न ध्यानाकर्षण गराएका छन् । 
 
यस्तै सांसद शाहीले कर्णाली राजमार्गको जुम्लाको सडक खण्डमा हुने गरेको दुर्घटनाको विषय उठाँउदै कर्णाली राजमार्ग बनाउँन लागेको हो की मृत्युमार्ग बनाएको भन्दै प्रश्न गरेका छन् । 
 
उनले उक्त राजमार्ग छिटो व्यवस्थित गर्न पनि माग गरेका छन् ।