Trending :
 

ताप्लेजुङमा कर कार्यालय खोल्न सांसद भट्टराईको माग

भाद्र १८,२०८०

-आस्था न्यूज

भदौं १८, २०८० काठमाडौं ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लामा कर कार्यालय खोल्न माग गरेका छन् । 
 
गहुदाँ सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै कर कार्यालय खोल्न माग गरेका हुन् । 
 
उनले भने, ताप्लेजुङ् जिल्लामा कर बुझाउँने कर कार्यालय नभएको हुदाँ सर्व साधारणले समस्या भोग्नु परेको छ तत्काल ताप्लेजुङ् जिल्लामा कर कार्यालय खोल्न माग गर्दछु । 
 
यस्तै, उनले मेची राजमार्ग अन्तरगत ताप्लेजुङ् जिल्लामा सडकले ओगटेको जमिनको मालपोत अहिले पनि व्यक्तिले तिर्नुपरेको भन्दै व्यक्ति र सडकको जग्गा छुट्याउँन पनि माग गरे ।