चुच्चे नक्साबारे सबै गतिविधि संसदलाई जानकारी गराइयोसः रघुजी पन्त
-आस्था न्यूज
भदौं १८, २०८० काठमाडौं ।
नेकपा एमालेका सांसद रघुजी पन्तले चुच्चे नक्साको बारेमा अहिलेसम्म के के गतिविधि भएको छ त्यस्को बारेमा संसदलाई जानकारी गराउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले अघिल्लो सरकारले पत्राचार नै नगरेको पाइएको पनि बताए ।
उनले भने ‘ चीनले प्रकाशित गरेको उसको नक्साको छिमेकमा हाम्रो देश देखाउँदा हाम्रो चुच्चे नक्सा नै छैन । र, पराराष्ट्रमन्त्रीले अघिल्ला सरकारहरुलाई पत्र नै लेखेको रैनछ भनेर गाली आलोचना गरेर बसिरहनु भएको छ । यो सरकारको दायित्व हो ? वर्तमान पराराष्ट्रमन्त्रालय र वर्तमान सरकारले हाम्रो संसदबाट एकमतले पारित नक्सालाई मान्यता दिलाउनको लागि कुन कुन देशसंग के के गतिविधि गरेको छ, पत्राचार गरेको छ त्यसको सम्पूर्ण जनाकारी यो संसदलाई तत्काल दिन माग गर्दछु । ’
भारत र नेपालको बिचका क्रिकेट भईरहेको तर चितवनमा निमार्ण गर्न थालेको र अलपत्र परेको क्रिकेटको बारेका प्रधानमन्त्रीले आश्वासन मात्र दिएको पनि सांसद पन्तले बताए ।
उनले खेलमैदान नदिने खेलाडीले पाउनु पर्ने पारिश्रमिक र सेवा सविधा नदिने अनि भारतको विरुद्ध छक्कै छक्का हानोस भनेर आश गरेर हुन्छ भन्दै प्रश्न समेत गरे ।