Trending :
 

बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

भाद्र १९,२०८०

-आस्था न्यूज

भदौं १९, २०८० काठमाडौं ।
कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन् । 
 
मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको जानकारी दिएका हुन् । 
 
उनले लेखेका छन् ‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्टाटसमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।’
 
उनले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन् ।