Trending :
 

बढ्यो डलरको भाउ, अरुको विनिमय दर कति छ ?

भाद्र २०,२०८०

-आस्था न्यूज

भदौ २०, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
 
जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ । हिजो डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । हिजोको तुलनामा डलरको भाउ बढेको छ । 
 
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३३  पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ । 
 
बुधबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा गेको राष्ट्र बैंकले जनाएको छ ।