Trending :
 

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

भाद्र २०,२०८०

-आस्था न्यूज

भदौ २०, २०८०  काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम रहेको छ ।
 
मंगलबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। 
 
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।