Trending :
 

एमालेलाई सरकारमा सहभागी हुन हतार छैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

भाद्र २०,२०८०

-आस्था न्यूज

भदौ २०, २०८० काठमाडौं ।
नेकपा (एमाले(का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ । 
 
प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको छ भन्नुभयो ।  
 
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले  भन्नुभयो “वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन ।  सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर सङ्गठन निर्माणमा केन्द्रित हुन व्यस्त छौँ ।” उहाँले ‘समृद्ध नेपालः सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र ‘एजेण्डा’ बिनाका दलहरुबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गर्नुभयो ।
 
पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दशौँ महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्वतहदेखि तल्लो तहसम्मनै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै वैमनश्यता नरहेको उहाँले दाबी गर्नुभयो ।