Trending :
 

सरकार व्यवसायिहरुलाई सहयोग गर्न र निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तत्पर

भाद्र २०,२०८०

-आस्था न्यूज

भदौ २०, २०८० काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन आवश्यक भएको बताएका छन् । 
 
बुधबार ललिपुरमा आयोजित कार्यक्रममा उनले उद्योगी व्यवसायहरुको विकास लागि नितीगत रुपमा सुधार गर्नु पर्ने बताएका छन् । 
 
‘आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी छ ।’
 
उनले सरकार व्यवसायिहरुलाई सहयोग गर्न र निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तत्पर रहेको बताए । 
 
उद्यमीहरुलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको उनको भनाई छ ।