Trending :
 

कांग्रेसद्वारा वडाध्यक्ष रिजाल परिवारप्रति समवेदना प्रकट, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण

भाद्र २१,२०८०

-आस्था न्यूज

भदौ २१, २०८० काठमाडौं ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
 
बिहीबार विज्ञप्ति सार्वजपनक गर्दै देउवाले दिवंगत  आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् । 
 
देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन् ।