Trending :
 

शाहरूख खान अभिनीत फिल्म जवान आजदेखी नेपाली हलहरुमा प्रदर्शनमा

भाद्र २१,२०८०

-आस्था न्यूज

भदौ २१, २०८० काठमाडौं ।
आज बिहीबार नेपाली हलमा बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म जवान प्रदर्शनमा आएको छ।
 
शाहरूख खानको फिल्म जवान ले मल्टिप्लेक्स हलमा उच्च शो पाउनुको साथै अग्रिम बुकिङमा पनि आक्रमक देखिएको छ। भारतमा जवान को ५ लाख ५७ हजार अग्रिम टिकट बिक्री भएको छ।
 
त्यस्तै भोलि शुक्रबारदेखि हलिउड फिल्म द नन २ प्रदर्शन हुनेछ। हलमा दुई विदेशी फिल्म प्रदर्शनमा आउँदा यो साता कुनै नेपाली नयाँ फिल्म प्रदर्शनमा नआउने भएको छ। 
 
एटली कुमारले निर्देशन गरेको फिल्म जवानु मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।
 
फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्। 
 
जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।