Trending :
 

नेपालको भूराजनीतिक अवस्थामाथि कुनै नेता र पार्टीले राजनीति गर्ने थलो नबनाउन चेतावनी

भाद्र २१,२०८०

-आस्था न्यूज

भदौ २१, २०८० काठमाडौं ।
सांसद शिशिर खनालले नेपालको नक्साबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 
 
बिहीबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले नेपालको भूराजनीतिक अवस्थामाथि कुनै नेता र पार्टीले राजनीति गर्ने थलो नबनाउन चेतावनी दिए ।  
 
उनले भने, ‘यो सदनले पारित गरेको नक्सा छिमेकि राष्ट्र संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको रहेनछ । गराउने हो की हैन पनि थाहा छैन भन्नु भयो । हामीलाई यसबारे जानकारी चाहियो । नेपालको भूगोल संवेदनशिल भू—राजनीति कुनै नेता र पार्टीको राजनीति गर्ने खेल नबनोस् । यसको लागि तथ्यपरक सूचना सदनलाई जानकारी दिनुहोला । ’
 
उनले आफ्नो भूमि समेटिएको नक्साबारे समेत सबैलाई जानकारी नदिइएको प्रति उनको आक्रोश छ । 
 
‘प्रतिनीधिसभाले २०७७ जेठमा नै पारित गरेको नेपालको नक्साको बारे छिमेकी मुलुक लगायत अन्य ठाउँहरुमा जानकारी गराएको कि नगराएको कुरा थाहा छैन भनेर परराष्ट्रमन्त्रीले भन्नु भएको छ ।’ उनले भने