Trending :
 

विदेश भ्रमणमा राष्ट्रहितका लागि अधिकतम उपयोग गर्न प्रधानमन्त्रीलाई आग्रह

भाद्र २१,२०८०

-आस्था न्यूज

भदौ २१, २०८० काठमाडौं ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, आसन्न विदेश भ्रमणलाई राष्ट्रहितमा अधिकतम उपयोग गर्न प्रधानमन्त्रीलाई सुझाव दिएक छन् । 
 
प्रतिनिधि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको आसन्न चीन भ्रमणबारे भएको छलफलमा पूर्व प्रधानमन्त्री नेपालले, नेपालको भूराजनीतिक संवेदनशीलतालाई बुझेर तयारी गर्न सुझाव दिए । 
 
‘प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको निकट भविष्यमा हुन गईरहेको विदेश भ्रमणको ऐजेण्डाहरुको अन्तिम रुप दिनको लागि छलफल भईरहेको छ ।’ उनले भने ‘सबैले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशिल अवस्थामा रहेको छ । भौगोलिक, भूराजनीतिक संवेदनशीलता छ । यसलाई ध्यानमा राखेर आफ्नो विचार राख्नु पर्छ नत्र एउटाको अभिव्यक्तिले नेपाल समस्यामा पर्ने हुन सक्छ । ’
 
उनले भ्रमणका क्रममा हुनसक्ने सबै खाले उच्चस्तरीय छलफललाई अधिकतम उपयोग गर्न पनि सुझाव दिए ।‘प्रधानमन्त्रीको भ्रमणले नेपाललाई विश्वसामु प्रस्तुत गर्नको लागि सहयोगी होस भन्ने शुभकामना दिन चहान्छु । भ्रमणमा धेरै राष्ट्रका प्रमुखसँग भेट हुन सक्छ र त्यसको अधिकतम उपयोग गर्न पनि आग्रह गर्न चहान्छु । ’