Trending :
 

नयाँ राजनीतिक पार्टी व्यवस्थामाथि नाच्न आएका सजपाको आरोप

भाद्र २१,२०८०

-आस्था न्यूज

भदौ २१, २०८० काठमाडौं ।
जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ आएका कतिपय राजनीतिक दलहरु अहिलेको व्यवस्थामा नाच्न आएको आरोप लगाएका छन् । 
 
बिहीबार ललितपुरमा आयोजित समाजवादी महिला संगठनको बागमती प्रदेश समिति पुर्नगठन कार्यक्रममा उनले, देशमा पुराना दलले संघीय गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन निकै दुःख गरेको बताए । 
 
उनले  संघीयतापछि आएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत जस्ता नयाँ राजनीतिक दललाई संघर्ष थाहा नभएको र यो व्यवस्थामाथि नाच्न आएको आरोप लगाए । 
 
उनले भने ,‘नयाँ भनिएका रास्वपा, नागरिक उन्मुक्ति, जनमत जस्ता पार्टीहरू अरुले मञ्च बनाई सकेपछि नाच्न आएका हुन् । आफंैले मञ्च बनाउनु पर्दाको पीडाको उनीहरूलाई अनुभव छैन । संघीय गणतन्त्र ल्याउनका लागि नेपाली जनताले लोकतान्त्रिक तथा वामपन्थी दलहरूको नेतृत्वमा तीन ÷तीन पटक जनआन्दोलन, त्याग र बलिदान गरे । यो कुरा नयाँशक्ति भनिएकाहरूलाई थाहा छैन ।’
 
साथै उनले आफ्नै पार्टीले पनि सङ्गठनात्मक काममा देशमा संघीयता लागु गरे जस्तै त्यसलाई पार्टीभित्र पनि कार्यान्वयन गराउनुपर्ने धारणा राखे ।