Trending :
 

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली स्वीकृत

यी हुन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

भाद्र २१,२०८०

-आस्था न्यूज

भदौ २१, २०८० काठमाडौं ।
सरकारले, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गरेको छ ।
 
आज बसेको मन्त्रिपरिषद्को बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 
 
उनले भनिन्,‘आज बसेको मन्त्रिपरिषद्को बैठकमा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली,२०८० लाई स्वीकृत गर्ने निणर्य भएको छ  । ’
 
साथै बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने देखि संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने सम्मका पाँच वटा निणर्यहरु गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । 
 
यी हुन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
–तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने ।
 
–संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने ।
 
–निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने । 
 
–स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने ।
 
–चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।