Trending :
 

महिला विश्वकपको एसिया छनोटमा नेपाल थाईल्यान्डविरुद्ध बलिङ गर्दै

भाद्र २२,२०८०

-आस्था न्यूज

भदौ २२, २०८० काठमाडौं ।
महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउन नेपालले थाईल्यान्डविरुद्ध पहिले बलिङ गर्दैछ ।
 
महिला विश्वकपको एसिया छनोटको सेमिफाइनमा नेपालले टस जितेर बलिङ रोजेको हो । 
 
यस खेलमा विजेता हुने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । 
 
नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।
 
सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । 
 
नेपालको विश्वकप यात्रा एसिया छनोटमा नै सकिदै आएकोछ ।
 
नेपाल यस पटक भने थाईल्यान्डलाई हराउँदै इतिहास रच्न चाहन्छ ।
 
तर २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डलाई हराउन सहज भने हुने छैन ।
 
नेपालले थाईल्यान्डसँग २०१९ पछि पहिलो पटक खेल्दैछ ।