Trending :
 

सुन प्रतितोला १ लाख १२ हजार तीन सयमा कारोबार

भाद्र २२,२०८०

-आस्था न्यूज

भदौं २२, २०८० काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ३००  र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ ।
 
बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो।  यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
 
त्यसैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।