Trending :
 

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग गोलरहित बराबरी

भाद्र २२,२०८०

-आस्था न्यूज

भदौं २२, २०८० काठमाडौं ।
मैत्रीपूर्ण फुटबलमा नेपाल, म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।
 
फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलमा पेनाल्टीमा चुक्दा नेपाल बराबरी मै रोकिएको हो । खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।
 
पेनाल्टी बक्स भित्र म्यानमारका डिफेन्डरले बल रोक्दा ह्यान्ड बल भए पछि नेपालले पेनाल्टीको मौका पाएको थियो ।
 
फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो ।
 
नेपाल फिफ वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १६० औं स्थानमा छ । नेपालले दोस्रो खेल सोमबार खेल्नेछ ।