Trending :
 

सातामा प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

भाद्र २३,२०८०

-आस्था न्युज

 भदौ २३, २०८० काठमाडौं ।
सातामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता दुई सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
 
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको छ ।
 
त्यस्तगरी, यो साता चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।