Trending :
 

समाजवादी मोर्चाले सोमबार विराटनगरमा सभा गर्दै

भाद्र २३,२०८०

-आस्था न्यूज

भदौ २३, २०८० काठमाडौं । 
समाजवादी मोर्चाले सोमबार विराटनगरमा सभा आयोजना गर्ने भएको छ । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवद्ध समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देशसभा नाममा कार्यक्रम गर्न लागेको हो ।
 
सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।
 
मोर्चाले आयोजना गर्ने सभाको तयारी पूरा भएको मोर्चा सम्वद्ध दल जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले जानकारी दिए । शनिबार पत्रकार सम्मेलन गर्ने मोर्चाले सबै तयारी पूरा भएको बताएको हो । सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट प्रतिनिधि सहभागी हुनेछन् ।
 
मोर्चाले सातमध्ये ६ प्रदेशमा सभा आयोजना गरिसकेको छ । समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ ।  सभामा विराटनगर, मोरङ, सुनसरी र झापाका कार्यकर्तालाई बढी प्राथमिकता दिएका छन् ।