Trending :
 

सबै मौलिक हकलाई लागु गर्न सरकार प्रतिवद्ध छः उप महासचिव पुन

भाद्र २४,२०८०

-आस्था न्यूज

भदौ २४, २०८० काठमाडौं । 
नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् । 
 
आईतबार काठमाडौंमा हरितालिका तीजको अवसरमा अखिल नेपाल यातायात मजदुर संगठनद्धारा आयोजित अशक्त असहाय र दृष्टिबिहीनहरुका लागि राहत वितरण कार्यक्रममा उनले  राज्यसँग भएको साधन र श्रोत अनुसार मौलिक हक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । 
 
उनले भने,‘राज्यसँग क्षमता छैन् ।  क्षमता प्रर्याप्त छैन् । राज्यसँग जति साधन र श्रोत छ त्यहि अनुसार मौलिक हक लागु गर्ने र अझ बढाउँदै लैजान सरकार प्रतिबद्ध छ ।’
 
उनले अपाङ्गता मैत्री पूर्वाधारहरु बनाउने अभ्यास सुरु भइसकेको भन्दै भने,‘आज अपाङ्गता मैत्री पूर्वाधारहरु बनाउने कानूनी व्यवस्था नै छ । त्यो अभ्यास सुरु भईसकेको छ । अपाङ्गता भएका या फरक क्षमता भएकालाई समाजमा हेप्न पाउदैन् । अरु नागरिक सरह समान अधिकार हुन्छ ।’
 
उनले माओवादीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको भन्दै सबै जनतालाई आफ्नो समस्या र सुझाव दिन आग्रह गरे ।
 
त्यस्तै अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रिय अध्यक्ष दीपक केसीले, आफूहरुले फरक क्षमता भएकाहरुका लागि राहत वितरण गर्ने अभियानलाई निरन्तर रुपमा गर्दै आएको स्मरण गरे । 
आउदाँ दिनमा पनि सहयोगको अभियान जारी रहने उनको भनाई छ । 
 
फरक क्षमता भएका धर्मेन्द्र गुप्ताले संगठनको कामको प्रशंसा गर्दै खुसी व्यक्त गरे ।