Trending :
 

अनमोल केसीको फिल्म फर्की फर्की को छायांकन लक्ष्मीपूजादेखि सुरू गरिने

भाद्र २४,२०८०

-आस्था न्यूज

भदौ २४, २०८० काठमाडौं । 
अनमोल केसीको अभिनय रहने फिल्म फर्की फर्की को औपचारिक निर्माण घोषणा गरिएको छ। 
 
शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फर्स्टलुक टिजर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो। सार्वजनिक टिजरमा अनमोललाई मात्र प्रस्तुत गरिएको छ। फिल्ममा अनमोलको जोडीको रूपमा अभिनेत्री जसिता गुरुङ देखिनेछन्।
 
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा रोहित अधिकारी र ओम अग्रवालको लगानी रहनेछ। सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सह(निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ।
 
फिल्मलाई रोहितले ओएसआर डिजिटलसँग सहकार्य गरेर निर्माण गर्न लागेका हुन्। 
 
फिल्म फर्की फर्की को छायांकन लक्ष्मीपूजादेखि सुरू गरिने बताइएको छ। यो फिल्म २०२४ मा प्रदर्शन हुनेछ।