Trending :
 

एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री बन्नु लजास्पदः रविन्द्र मिश्र

भाद्र २४,२०८०

-आस्था न्यूज

भदौ २४, २०८० काठमाडौं । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका  उपाध्यक्ष रविन्द्र मिश्रले एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री बन्नु लज्जाको कुरा भएको तर्क गरेका छन् । 
 
आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठि कार्यक्रममा उनले  पाँच चोटी प्रधानमन्त्री हुन गौरवको कुरा नभई लजास्पद कुरा भएको तर्क गरेका हुन् । 
 
‘आर्थिक अवस्था न्युन छ र नेताहरु कुनै पनि बेला  पाँच चोटिबाट ७ चोटिसम्म प्रधानमन्त्री बन्न तयार भएर बसेका छन् । पाँच पटक प्रधानमन्त्री हुनु गौरबको कुरा हैन लजास्पद कुरा हो ।’ उनले भने ‘३ चोटी ४ चोटी मन्त्री हुन भनेको लज्जाको कुरा हो । त्यो गर्वको कुरा होईन । त्यो भनेको देशलाई अस्थीर बनाएको र प्रधानमन्त्री भएर पनि केही गर्न नसकेको प्रमाण हो । ’
 
धेरै पटक प्रधानमन्त्री हुनु भन्दा आफ्नो नेतृत्वमा के काम भयो भन्ने कुरा महत्वपूर्ण भएको उनको भनाई छ ।