Trending :
 

‘बाहुबली २’ को रेकर्ड तोड्दै गदर २ ले कमाइमा रच्यो इतिहास

भाद्र २४,२०८०

-आस्था न्यूज

भदौ २४, २०८० काठमाडौं । 
एकातिर शाहरुख खानको ‘जवान’ले रिलिज भएको तीन दिनमै बक्स अफिसमा धमाका मच्चाएको छ भने अर्कोतर्फ सन्नी देओल स्टारर ‘गदर २’ ले भारतीय बक्स अफिसमा उछाल कमाइ गरेको छ ।
 
प्रदर्शनको ३० दिनपछि पनि ‘गदर २’ को कमाइ रोकिएको छैन । अगस्ट ११ मा रिलिज भएदेखि नै ‘गदर २’ ले रेकर्ड बनाएको छ । कमाइको हिसाबले यो फिल्मले धेरैलाई पछि छाडेको छ । अब ‘गदर २’ ले एसएस राजामौलीको ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ ।
 
यो कमाइसँगै ‘गदर २’ भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । बक्स अफिसमा अक्षय कुमार र पंकज त्रिपाठीको ‘ओएमजी २’ र आयुष्मान खुरानाको ‘ड्रिम गर्ल २’ पनि छन् । तर ‘गदर २’ र ‘जवान’जस्ता ठूला सुनामी ल्याएका दुई फिल्मको बीचमा ‘ओएमजी २’ हराएको छ । तर ‘ड्रिम गर्ल २’ कुनै न कुनै रूपमा चलिरहेको छ ।
 
सन्नी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा प्रदर्शनको ३० दिन पूरा गरेको छ । यो अवधिमा गदर २ ले बाहुबलीको रेकर्ड तोडेको हो । फिल्मले ३० दिनमा ५१२.३५ करोड भारु कमायो । प्रभास स्टारर ‘बाहुबली २’ ले ५१०.९९ करोड ग्रस कलेक्सन गरेको थियो ।
 
२०१७ मा रिलिज भएको ‘बाहुबली २’ फिल्ममा तमन्ना, नस्सर, सत्यराज, राम्या कृष्णन र राना दग्गुबती जस्ता स्टार थिए । अब ‘गदर २’ को नजर शाहरुख खानको ‘पठान’मा छ, जसले देशव्यापी रुपमा ५२४.६२ करोड भारु कमाएको थियो ।
 
ड्रिमगर्ल २ ले भारतीय बक्स अफिसमा १०० करोड कमाउने तर्खरमा छ । अक्षय कुमार र पंकज त्रिपाठीको फिल्म ‘ओएमजी २’ ले १४९।३७ करोड कमाइसकेको छ ।