Trending :
 

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

भाद्र २५,२०८०

-आस्था न्यूज

भदौं २५, २०८० काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक सय रुपैयाँले बढेर प्रतितोला  एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 
 
आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
 
त्यस्तैगरी, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला  एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।