Trending :
 

श्रद्धान्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा

विदेशबाट छोराहरु आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी:

भाद्र २६,२०८०

-आस्था न्यूज

भदौ २६, २०८० काठमाडौं ।
नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति उपचारका क्रममा उनको निधन भएको हो ।  उनको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
 
नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ । अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने नेता प्रदिप ज्ञवालीले जानकारी गराएका छन् ।