Trending :
 

नेम्वाङको निधनबाट मर्माहत भएको छुः प्रधानमन्त्री प्रचण्ड

भाद्र २६,२०८०

-आस्था न्यूज

भदौ २६, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताउनुभएको छ ।
 
महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।