Trending :
 

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भाद्र २६,२०८०

-आस्था न्यूज

भदौ २६, २०८० काठमाडौं ।
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो ।
 
अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताउनुभयो । नारायणगढ-मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।