Trending :
 

नेपाल टेलिकमद्वारा ‘टिकटक च्यालेन्ज’सञ्चालन, पहिलो हुने विजेताले ४० हजार पाउने

भाद्र २६,२०८०

-आस्था न्यूज

भदौ २६, २०८० काठमाडौं ।
नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । 
 
जसअनुसार नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो च्यालेन्ज भाद्र २४ देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने छ । 
 
विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । 
 
त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु। ५०० को टप अप प्रदान गरिने छ । 
 
नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।