संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो: सभामुख घिमिरे
-आस्था न्यूज
भदौ २६, २०८० काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् ।
मंगलबार शोक वक्तव्य जारी गर्दै उनले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका हुन् ।
उनले लेखेका छन् ‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १: ३० बजे अप्रत्यासित निधनले मर्माहित भएको छ ।
उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
उनले यस दुःखको घडीमा घिमिरेले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।