Trending :
 

नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

भाद्र २६,२०८०

-

भदौ २६ ,२०८० काठमाडौँ । 
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य  शंकर विश्वकर्माको निधन भएको छ । 
 
५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन् । 
 
शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउने साथ उनलाई मृत घोषणा गरिएको हो । 
 
रौतहटको गौर स्थायी घर  भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए । विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो । उनको आजै दिउसो पशुपतिमा अन्त्येष्ठि गर्ने तयारी छ । 
 
मुक्ति संगठनका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माका एक छोरा, छोरी र श्रीमती छन् ।