Trending :
 

मनमा क्रान्ति भए मात्रै जीवनमा शान्ति प्राप्त हुने राज्यमन्त्री सुशीला सिर्पालीको भनाई

भाद्र २६,२०८०

-आस्था न्यूज

भदौं २६, २०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले योग र ध्यानको माध्यमबाट मात्रै मानिस सच्चा बाटोमा लाग्ने बताउनुभएको छ । आइतबार नेपाल पर्यटन वोर्डको सहजिकरणमा विश्व परिवार उपत्यका समुहद्वारा आयोजित कार्यक्रमा योग र साधनाको बाध्यमबाट नै मानिसले सबै कुरा प्राप्त गर्न सक्ने बताउनुभएको हो ।
 
मानिस कुनै पनि कुरामा धोका खादा जीवनको अन्तिम उदेश्य मृत्यु रोज्न पुग्ने अवस्थालाई रोक्न योग र साधनाले नै सहयोग पुग्ने उल्लेख गर्नुभयो । विज्ञान, दर्शन र विचारका कारणले मानिसमा मनोक्रान्ति ल्याउने उल्लेख गर्दै राज्यमन्त्री सिर्पालीले जीवनका कैयन परिक्षाहरुमा फेल हुदा पनि मनोक्रान्तिले शान्त राख्न र अझ अगाडी बढ्न प्रेरित गर्ने बताउनुभयो । 
 
उहाले योग र साधनाले मात्र नभई आफ्ना संस्कार र सस्कृतिलाई जोगाइराख्न कसैले विर्सन नहुनेमा जोड दिनुभयो । योग र साधना अहिलेको समयमा घर घरमा आवश्यक रहेकोमा जोड दिदै यसले आफुभित्रको डर त्रासलाई नास गर्ने बताउनुभयो । मनोक्रान्तिबाट मानिसले आफुभित्रको सुगन्ध र क्षमतालाई बाहिर ल्याउने बताउनुभयो । मनमा क्रान्ति भए मात्रै जीवनमा शान्ति प्राप्त हुने उहाको भनाई छ ।
No description available.No description available.No description available.