Trending :
 

ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनित

भाद्र २६,२०८०

-आस्था न्युज

भदौ २६ ,२०८० काठमाडौँ । 
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
 
खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनितको संघले जनाएको छ । मनोनयनसंगै खेलाडी संघको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।
 
 भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारण सभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।