Trending :
 

बुधबार विदेशी मुद्राको विनिमय दर कति ?

भाद्र २७,२०८०

-आस्था न्यूज

भदौ २७, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज भदौ २७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४६ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०१ पैसा र बिक्री दर १६५ रुपैयाँ ७५ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।